साना किसान र आरएमडीसी लघुवित्तबीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । थोक (होलसेल) कर्जा प्रदायक दुई लघुवित्त संस्थाहरु बीच शुक्रबार एकआपसमा मर्जरमा जाने सम्झौता भएको हो ।

सम्झौतापत्रमा साना किसानका अध्यक्ष खेमबहादुर पाठक, मर्जर उपसमितिका संयोजक उमेश लम्साल, आरएमडीसीका अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समिति संयोजक भीमप्रसाद तिम्सिनाले हस्ताक्षर गरे ।

मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने सहमति भएको छ । दुई संस्थाबीच १००:८७ सेयर अनुपातमा मर्जर हुने सहमति भएको छ । मर्जरपछि आरएमडीसी लघुवित्तको १०० कित्ता सेयर ८७ कित्ता कायम हुनेछ ।

मर्जरपछि एकीकृत लघुवित्तको पूजी कोष ७ अर्बभन्दा बढी हुनेछ । हाल साना किसानको चुक्ता पूँजी १ अर्ब ५६ करोड र आरएमडीसीको १ अर्ब २४ करोड रुपैयाँ छ ।

मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेमबहादुर पाठक अध्यक्ष, डा. शिवरामप्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र ज्योतिचन्द्र ओझा नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहने सहमति भएको छ। दुवै संस्थाका संस्थापक समूहबाट २र२ जना, सर्वसाधारण समूहबाट १र१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाइएको छ।

सिक्लेस हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

सिक्लेस हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

२२६१ मेगावाटका 'गेम चेन्जर' दुई हाइड्रोपावर निर्माण सुरू हुँदै, सर्वसाधरणले ४४ अर्बको सेयर पाउने Read Next

२२६१ मेगावाटका 'गेम चेन्जर' दुई हाइड्रोपावर निर्माण सुरू हुँदै, सर्वसाधरणले ४४ अर्बको सेयर पाउने