सिक्लेस हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ २९ देखि सर्वसाधरणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता सेयरमा आवेदन दिने अन्तिम दिन हो ।

निष्काशित कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिनसक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।कम्पनीको आइपीओलाई केयर रेटिङ नेपाले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला, यी ठाउँबाट गर्न सकिन्छ बुकिङ Read Previous

दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला, यी ठाउँबाट गर्न सकिन्छ बुकिङ

साना किसान र आरएमडीसी लघुवित्तबीच मर्जर सम्झौता, स्वाप रेसियो कति ? Read Next

साना किसान र आरएमडीसी लघुवित्तबीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?