भारतले घटाएर पठायो पेट्रोलियम पद्धार्थको भाउ, प्रतिलिटर कति घट्यो ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई भदौ ३१ गते (सेप्टेम्बर १६ तारिख) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।

आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ६.५५ रुपैयाँ, डिजेल ४४ पैसा र हवाई इन्धन प्रतिलिटर १.५० रुपैयाँ घटेर आएको छ ।

नयाँ मूल्य अनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा हुने भएको छ भने डिजेलमा ५ रुपैयाँभन्दा बढी घाटा हुने निगमले जनाएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ र डिजेलको १७८ रुपैयाँ रहेको छ ।

यसअघि लगातार ३ पटकसम्म मूल्य घटेर आउँदा पनि निगमले मूल्य समायोजन गरेको थिएन । स्वचालित मूल्य अनुसार भाउ घटबढ हुँदा सोही अनुसार समायोजन गर्नुपर्ने भए पनि निगमले विगतमा धेरै नोक्सानी व्यहोरेको भन्दै मूल्य समायोजन गरेको छैन ।

लिबर्टी इनर्जीको माथिल्लो दोर्दी ‘ए’ निर्माण सम्पन्न, एक साताभित्रै परीक्षण उत्पादन Read Previous

लिबर्टी इनर्जीको माथिल्लो दोर्दी ‘ए’ निर्माण सम्पन्न, एक साताभित्रै परीक्षण उत्पादन

शरद ऋतुमा हिमाल आरोहणका लागि ४५० बढीले लिए अनुमति Read Next

शरद ऋतुमा हिमाल आरोहणका लागि ४५० बढीले लिए अनुमति