लिबर्टी इनर्जीको माथिल्लो दोर्दी ‘ए’ निर्माण सम्पन्न, एक साताभित्रै परीक्षण उत्पादन

लमजुङ । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरिएको २५ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सम्पन्न भएको हो ।

आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले दोर्दी एको निर्माण सम्पन्न भएको बताए। ‘हालसालै यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेका छौं । अब एक हप्ताभित्रमा बिजुली उत्पादन परीक्षण गर्ने तयारी भइरहेको छ,’ उनले भने।

नेपाल विद्युत् प्राधिकरणको अनुमति एवं त्यहाँका कर्मचारी आएसँगै बिजुली उत्पादन परीक्षण सुरु गर्ने आयोजनाले जनाएको छ । आयोजनाको बिजुली उत्पादन परीक्षण सफल भएमा राष्ट्रिय प्रसारण लाइनमा छिटै जोडिने भएको छ । आयोजनाको पेनस्टक पाइपमा र टनेलमा पानी भर्ने, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएकामा मर्मतलगायत सबै काम सम्पन्न भएको प्रवद्र्धक बस्तीको भनाइ थियो।

‘आयोजनाको बाँधस्थल लोदो खोलाबाट २ हजार ७०० मिटर लामो भूमिगत सुरुङ र २ हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत्गृहमा झारिने छ ।’ यसको सफल परीक्षणसमेत भइसकेको छ ।

उक्त आयोजना रु ३ अर्ब ९६ करोड लगानीमा निर्माण गर्ने लक्ष्य रहेकामा लागत बढेर हाल रु ४ अर्ब ६३ करोड ६० लाख पुग्ने आयोजनाले जनाएको छ । उक्तआयोजना विसं २०७१ देखि निर्माण गर्दै विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकामा विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण गर्न सकिएको थिएन ।

सम्झौताअनुसार आयोजना सम्पन्न गर्न नसक्दा पटक पटक म्याद थप गर्दै आइएको थियो । यस आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ ।

आयोजनाको बिजुली हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिबर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद विक्री सम्झौता (पीपीए) भएको छ ।

माथिल्लो अरुणमा जनतादेखि विश्व बैंकले समेत लगानी गर्ने,  ३२ अर्बको आइपीओ आउने Read Previous

माथिल्लो अरुणमा जनतादेखि विश्व बैंकले समेत लगानी गर्ने,  ३२ अर्बको आइपीओ आउने

भारतले घटाएर पठायो पेट्रोलियम पद्धार्थको भाउ, प्रतिलिटर कति घट्यो ? Read Next

भारतले घटाएर पठायो पेट्रोलियम पद्धार्थको भाउ, प्रतिलिटर कति घट्यो ?