भुटान एयरलाइन्सले असोज १५ देखि काठमाडौं उडान भर्ने, सातामा कति ?

काठमाडौं । भुटानको निजी क्षेत्रको वायुसेवा प्रदायक भुटान एयरलाइन्सले पारो–काठमाडौं–नयाँ दिल्ली रुटमा पुनः उडान गर्ने भएको छ ।

कोरोना महामारीका कारण रोकिएको यस रुटमा एयरलाइन्सले अढाई वर्षपछि पुनः उडान सुरु गर्न लागेको हो । आगामी अक्टोबर १ तारिख (असोज १५ गते)देखि यस रुटमा साताको दुई उडान गर्ने एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका अनुसार हरेक आइतबार र बुधबार यस रुटमा उडान हुनेछ । भुटानको पारोबाट काठमाडौं आउने जहाज काठमाडौंबाट दिल्ली जाने छ । दिल्लीबाट काठमाडौं आउने सो जहाज काठमाडौंबाट पारो उड्ने गरी रुट तय भएको कम्पनीले जनाएको छ ।

कोरोना प्रभाव कम हुँदा जानु र नेपालमा पर्यटकीय सिजन सुरु भएकाले भुटान एयरलाइन्सले काठमाडौं उडान विस्तार गरेको हो । भुटान एयरलाइन्स तासी एयर अन्तर्गत संचालित निजी वायुसेवा कम्पनी हो।

क्लासिक टेकको फेस्टिभल अफर :  रू. ७४१ मै १०० एमबीपीएस इन्टरनेट, २५ हजारमा ४३ इन्चको टीभी Read Previous

क्लासिक टेकको फेस्टिभल अफर : रू. ७४१ मै १०० एमबीपीएस इन्टरनेट, २५ हजारमा ४३ इन्चको टीभी

डलर संचितिमा गिरावट, एक महिनामा ढुकुटीबाट घट्यो १२ करोड डलर Read Next

डलर संचितिमा गिरावट, एक महिनामा ढुकुटीबाट घट्यो १२ करोड डलर