अब चारपांग्रे सवारी किन्न प्यान नम्बर अनिवार्य

काठमाडौं । अब चारपांग्रे सवारी साधन खरिद गर्दा स्थायी लेखा नम्बर (प्यान नं.) अनिवार्य पेश गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

‘चारपांग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने र विक्रेताले उक्त स्थायी लेखा नम्बर विक्री बिजकमा उल्लेख गर्नुपर्ने सम्पूर्ण सबैलाई जानकारी गराउँदछौं,’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।

प्यान नम्बर अनिवार्य लागू गर्ने क्रममा यो नियम कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ । यसअघि चारपाँग्रे सवारी साधन खरिदका लागि प्यान नम्बर अनिवार्य थिएन् ।

यस्तै, विभागले पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान नम्बर अनिवार्य पेश गर्नुपर्ने नियम समेत कार्यान्वय गर्न भनेको छ ।

चालु आवको बजेटको ३९१ नम्बर बुँदाले यस्तो प्रावधान गरेको छ । पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने भएको छ ।

बजारमा मूलादेखि मटन, पोर्कसम्मको अचार, कुनको कति पर्छ ? Read Previous

बजारमा मूलादेखि मटन, पोर्कसम्मको अचार, कुनको कति पर्छ ?

क्लासिक टेकको फेस्टिभल अफर :  रू. ७४१ मै १०० एमबीपीएस इन्टरनेट, २५ हजारमा ४३ इन्चको टीभी Read Next

क्लासिक टेकको फेस्टिभल अफर : रू. ७४१ मै १०० एमबीपीएस इन्टरनेट, २५ हजारमा ४३ इन्चको टीभी