ब्याजदर बढ्ने हल्लाले नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्ला दुई कारोबार दिनमा ६८ अंकले बढेको नेप्से आज एकैदिन ५७ अंकले घटेको हो ।

वाणिज्य बैंकहरु बीच ब्याजदरमा फागुनदेखि कायम भद्र सहमति खारेज गर्दै स्वतन्त्र रुपमा ब्याजदर निर्धारण गर्ने सहमति भएसँगै सेयर बजारमा पहिरो गएको हो ।

बैंकर्स संघको निर्णय अनुसार असोजमा निक्षेपको ब्याज बढ्ने देखिएकले लगानीकर्ता हतोत्साहित भएका हुन् । असोजमा मुद्दती निक्षेपको ब्याज १२.१३ प्रतिशतसम्म पुग्ने देखिएको छ ।

बिहीबार नेप्से परिसूचक ५७ अंकले घटेर १९२४.४८ बिन्दुमा आइपुगेको छ । यसदिन २३२ कम्पनीको २ अर्ब १२ करोड बढीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ४.५६ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूह पनि साढे ४ प्रतिशतले घटेको छ ।

आज लक्ष्मी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे २१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यसैगरी, रिडी पावर साढे ११ करोड र अपी पावर ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा एनआइसी एशिया फेक्सी क्याप फण्डका इकाईधनीले सबैभन्दा धेरै ८ प्रतिशत गुमाएका छन् । त्यसैगरी, समृद्धि फाइनान्स ७.३५, श्वेतगंगा हाइड्रोपावर ७.०४, अपरसोलु हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमालयन हाइड्रो, न्यादी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, रिलायन्स फाइनान्स, युनिभर्सल पावर, श्री इन्भेष्टमेन्टको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

अब विदेशबाट अवैध रुपमा ल्याइएका मोबाइल नचल्ने, एमडीएमएस प्रणाली लागू Read Previous

अब विदेशबाट अवैध रुपमा ल्याइएका मोबाइल नचल्ने, एमडीएमएस प्रणाली लागू

बजारमा मूलादेखि मटन, पोर्कसम्मको अचार, कुनको कति पर्छ ? Read Next

बजारमा मूलादेखि मटन, पोर्कसम्मको अचार, कुनको कति पर्छ ?