अब विदेशबाट अवैध रुपमा ल्याइएका मोबाइल नचल्ने, एमडीएमएस प्रणाली लागू

काठमाडौं । अबदेखि विदेशबाट अवैध रुपमा आयात भएका मोबाइल नचल्ने भएका छन् । नेपाल दूरसंचार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यन्वयनमा ल्याएसँगै अवैध मोबाइल नचल्ने भएका हुन् ।

प्राधिकरणका अनुसार यो प्रणाली लागू भएसँगै विदेशबाट ल्याइएका सबै मोबाइल दर्ता गर्नुपर्छ। प्राधिकरणका अनुसार दर्ता नगराइएका मोबाइल सञ्चालन हुने छैनन्।

भदौ ३० गतेभित्र ल्याइका मोबाइल भने यो प्रणालीमा स्वतः दर्ता हुनेछन्। भदौ ३० पछि भित्रिने मोबाइल भने अनिवार्य दर्ता गर्नुपर्ने प्राधिकरणले जनाएको छ। मोबाइको आइएमईआइ नम्बर प्राधिकरणको वेबसाइटमा गएर दर्ता गराउन सकिन्छ।

यस्तै प्राधिकरणले बिहीबारपछि खरिद गर्दा मोबाइल सेट नेपाल दूरसंचार प्रणालीको एमडीएमसी प्रणालीमा दर्ता भए/नभएको एकीन गरेर मात्रै खरिद गर्न अनुरोध गरेको छ।

चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणले यो प्रणाली कार्यान्वयनमा ल्याएको हो।

यस्तै मोबाइल आयातकर्ता र विक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिदबिक्री गर्न प्राधिकरणले सचेत गराएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आइएमईआइ दर्ता गर्नुपर्छ ।

अघि बढ्यो १०६१ मेगावाटको माथिल्लो अरुण, एचआइडीसीएलको नेतृत्वमा ५३ अर्ब लगानी जुटाइँदै Read Previous

अघि बढ्यो १०६१ मेगावाटको माथिल्लो अरुण, एचआइडीसीएलको नेतृत्वमा ५३ अर्ब लगानी जुटाइँदै

ब्याजदर बढ्ने हल्लाले नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

ब्याजदर बढ्ने हल्लाले नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी