पुरस्कार पर्‍यो भनेर आएको म्यासेजको लिंक नखोल्नु : दूरसंचार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले प्रलोभनयुक्त तरिकाले पुरस्कार पर्‍यो भनिएका म्यासेजको लिंक नखोल्न आग्रह गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

भाइबर, म्यासेन्जर, ह्वाट्सएप, विच्याटजस्ता एपमा प्रलोभनयुक्त तरिकाले पुरस्कार परेको भनी म्यासेज पठाएर सेवाग्राहीलाई ठग्ने क्रम बढेकोले उक्त आग्रह गरिएको सूचनामा उल्लेख गरिएको छ ।

साथै, त्यस्ता प्रलोभनमा परी अपरिचित व्यक्तिलाई आफ्नो नाम, मोबाइल नम्बर, बैंक खाता लगायतको जानकारी नदिन आग्रह गरेको छ ।

‘यस्ता प्रलोभनमा नपरी यससम्बन्धी म्यासेज र यससँग आउने लिंक नखोल्नु हुन र यस्ता गतिविधिबाट सचेत रही आफू नठगिन र अरूलाई पनि ठगिनबाट जोगाउन उपभोक्तालाई जानकारी गराइन्छ,’ प्राधिकरणले बुधबार जारी गरेको सूचनामा भनिएको छ ।

त्यस्ता म्यासेजमा राष्ट्रिय झण्डा, सरकारी कार्यालय तथा इन्टरनेट सेवा प्रदायकको लोगो दुरुपयोग गरिरएको हुनसक्ने प्राधिकरणको भनाइ छ । र, त्यसमा नझुक्किन आग्रह गरिएको छ ।

एनआइसी एशियाको खातामा अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने Read Previous

एनआइसी एशियाको खातामा अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने

लगानी बोर्डको ११ वर्ष : ३३ ठूला आयोजन बनाउन ९ खर्ब स्वीकृत, हाइड्रो र सिमेन्टमा 'डिपार्चर' Read Next

लगानी बोर्डको ११ वर्ष : ३३ ठूला आयोजन बनाउन ९ खर्ब स्वीकृत, हाइड्रो र सिमेन्टमा 'डिपार्चर'