आजदेखि दशैंका लागि नयाँ नोट साट्न सकिने

काठमाडौं । आजदेखि दसैंका लागि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । असोज ७ गतेसम्म राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट नयाँ नोट साट्न पाउने भएका हुन् ।

आजदेखि काठमाडौं उपत्यकाभित्र र असोज २ गतेदेखि उपत्यकाबाहिर नयाँ नोट साट्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोट एक पटकमा एक जनाले १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने छन् ।

हरेक वर्ष दसैंतिहारको अवसरमा राष्ट्र बैंकले बजारमा नयाँ नोट पठाउदै आएको छ । दसैंमा टिका लगाएपछि नयाँ नोट दक्षीणा दिने प्रचलन छ । जसको कारण यो अवधिमा नयाँ नोटको माग र उच्च हुन्छ ।

उडेको केही बेरमै फर्किएको निगमको जहाज मर्मतपछि फेरि जापान उड्यो Read Previous

उडेको केही बेरमै फर्किएको निगमको जहाज मर्मतपछि फेरि जापान उड्यो

नेप्सेले सम्हालिने संकेत देखाउँदा लगानीकर्ता कुन-कुन कम्पनीको सेयर किन्दैछन् ? Read Next

नेप्सेले सम्हालिने संकेत देखाउँदा लगानीकर्ता कुन-कुन कम्पनीको सेयर किन्दैछन् ?