साल्ट ट्रेडिङले तोरीको तेल उत्पादन गर्ने, दशैं अगावै बजारमा ल्याउने

काठमाडौं । दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ ।

दशैंअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ ।

तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए ।

कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पुर्याउँदै आएको छ । पछिल्लो पाँच वर्षयता कर्पोरेशनको कारोवार निरन्तर बढिरहेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा कर्पोरेशनले रु ८ अर्ब ५८ करोडको उपभोग्य वस्तुको विक्री गरेको थियो । आव २०७४/७५ मा रु ९ अर्ब ६८ करोड, आव २०७५/७६ मा रु आठ ८ अर्ब २५ करोड, आव २०७६/७७ मा रु ९ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७/७८ मा रु १० अर्ब ३९ करोडको उपभोग्य वस्तु विक्री गरिएको कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिए।

गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोवार बढ्दै गएको उनको भनाइ छ । विक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधार गर्दै लगेको छ । कर्पोरेशनले आव २०७७/७८ मा मात्रै रु. ५ करोड ३३ लाख सञ्चालन नाफा आर्जन गरेको छ । गत आवको कारोवार एकीकृतगर्ने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताए ।

ब्राण्ड बन्दै 'टिमुरको छोप', २ हजारबाट सुरू गरेको व्यवसायले २ करोड आम्दानी Read Previous

ब्राण्ड बन्दै 'टिमुरको छोप', २ हजारबाट सुरू गरेको व्यवसायले २ करोड आम्दानी

भायानेटको दशैँ अफर, अल्ट्राफाइ ग्राहकले अब मेस राउटर पाउने Read Next

भायानेटको दशैँ अफर, अल्ट्राफाइ ग्राहकले अब मेस राउटर पाउने