वेस्टर्न युनियनको १० लाख नगद जित्ने मौका

काठमाडौं । बडा दशैं, तिहार तथा छठको अवसरमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६ सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्ने उपभोक्ता प्रबद्र्धन योजना ल्याएको छ ।

 

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक रेमिटान्स र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

 

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले प्राप्त रकमको दोब्बर नगद जित्न सक्नेछन् । उक्त रकम बढिमा ५० हजार रुपैयाँ मात्र हुनेछ र १६ नोभेम्बरसम्म लागू गरिनेछ ।

 

यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछ । यसमा १ जना भाग्यशाली विजेताले १० लाख नगद जित्न सक्नेछन् । लक्की ड्र को विजेता २२ नोभेम्बर, २०१९ मा घोषित गरिनेछ ।

सनराइज बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले Read Previous

सनराइज बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले

Shiva Shree Hydro Power IPO Read Next

Shiva Shree Hydro Power IPO