काठमाडौं । सनराइज बैंकले बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले कात्तिक १५ गते शुक्रबार बिहान १० बजे नक्साल बैंक्वेट, नक्साल, काठमाडौंमा साधारण सभा बोलाएको हो ।
बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १५.८० प्रतिशत लाभांश अनुमोदन गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ। बैंक सञ्चालक समितिले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
त्यसैगरी सभामा बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी सम्पूर्ण काम सञ्चालक समितिलाई पूर्ण रुपमा सुम्पिने गरी विशेष प्रस्ताव लैजाने भएको छ।
यस्तै, आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव लैजाने भएको छ।
साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १ गते एकदिन बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।