काठमाडौं । सरकारले सहकारी संस्थाहरुको आयकर घटाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले आर्थिक ऐन २०७९ का प्रावधानलाई परिवर्तन गर्दै सहकारी संस्थाको आयकर घटाएको हो ।
सरकारले सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा लाग्ने आयकर घटाएको हो । अर्थ मन्त्रालयका अनुसार अब नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीहरुले ५ प्रतिशत मात्र आयकर तिर्नुपर्नेछ । यसअघि यस्तो करको दर ७.५ प्रतिशत थियो ।
त्यस्तै, उपमहानगरपालिका भित्र सञ्चालित सहकारीको आयकरको सीमा ७ प्रतिशत र महानगरपालिका भित्र १० प्रतिशत कायम गरिएको छ । यसअघि उपमहानगरमा १० प्रतिशत र महानगरमा १५ प्रतिशत थियो ।