राज्यले पहल नगर्दा अर्बौंका सामाना चिनियाँ नाकामै सड्ने अवस्थामा पुगे : व्यवसायी

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले चिनियाँ नाकामा अड्किएका अर्बौका सामान छुटाउन राज्यका तर्फबाट पहल नभएको भन्दै आपत्ति जनाएको छ ।

उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । नेपालीहरुको ठूलो चाड दशैं नजिएको तर दशैंमा बेच्नु पर्ने सामान नाकामै रोकिदा अर्बौका सामान सडेर बिग्रने अवस्थामा पुगेको महासंघका अध्यक्ष कुमार कार्कीले बताएका छन् ।

‘संयन्त्रका कारण उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नु परेको छ’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सयौं मालवाहक कन्टेनरहरु नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रीत अर्बौका सामानहरु सडिने, कुहिने र बिग्रने भइ नोक्सान भएको छ भने बजारमा सामानको हाहाकार देखिन्छ ।’

महासंघले यी समस्याहरु तत्काल समाधान गर्न पहल गरिदिनु हुन पनि अनुरोध गरेको छ । धेरै उद्योगी व्यवसायीहरु बैंकको ब्याजदर तिर्न समेत नसक्ने अवस्थामा पुगेको महासंघले बताएको छ ।

बैंकले दिएको मानसिक तनाबका कारण कतिपय उद्योगी व्यवसायीहरुले आत्महत्याको बाटो रोज्न बाध्य भएको भन्दै महासंघले यसतर्फ गम्भीर बन्न समेत सरकारलाई अनुरोध गरेको छ ।

‘व्यापार व्यवसाय गर्न सामान नाकामा थन्किएको, बैंकले ऋण चुक्ता गर्न बारम्बार ताकेता गर्दै सम्पत्ति लिलाम तथा जफथ गर्ने धम्की दिदै मानसिक तनाव दिइरहेको अवस्था छ’ विज्ञप्तिमा भनिएको छ, ‘यावत समस्याले गर्दा व्यवसायीहरु मानसिक सन्तुलन गुमाएर आत्महत्या गर्नुपरेको उदाहरणहरु छन् ।

’ बैंकको ब्याजदर अत्यधिक बढेको भन्दै बैंकको ब्याजदर नियन्त्रण गर्न समेत महासंघले नेपाल राष्ट्र बैंक समक्ष महासंघले अनुरोध गरेको छ ।

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम झन्डै दुई तिहाई पूरा, अब कति मिटर बाँकी छ ? Read Previous

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम झन्डै दुई तिहाई पूरा, अब कति मिटर बाँकी छ ?

सहकारीको आयकर घट्यो, अब कहाँ संचालितले कति तिर्नुपर्छ ? Read Next

सहकारीको आयकर घट्यो, अब कहाँ संचालितले कति तिर्नुपर्छ ?