निजी क्षेत्रलाई सहुलियत पूर्ण कर्जा दिन अर्थमन्त्रीले गरे अनुरोध

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एशियाली विकास बैंकलाई नेपालको निीज क्षेत्रलाई सहुलियत पूर्ण ऋण उपलब्ध गराउन आग्रह गरेका छन् । उनले नेपाली निजी क्षेत्रलाई प्रोत्साहन गर्न सहुलियत पूर्ण कर्जा दिन प्रस्ताव गरेका हुन् ।

एशियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषासँग कुराकानी गर्दै मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए । उनले भने ‘निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।’

उनले नेपाल २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने पनि बताए । उनले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरेपनि त्यसको मार भने खेपिरहेको बताउँदै नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता बैकल्पिक उर्जा उद्योगमा सहयोग गर्न अनुरोध गरेका थिए ।

‘नेपालको ग्रामिण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार लगायतका क्षेत्रमा लगानी आवश्यक छ । त्यसको लागि एशियाली विकास बैंकको सहयोग अझै वृद्धि भए राम्रो हुन्थ्यो’, मन्त्री शर्माले भने ।

एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभषाले आफुहरु नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधैँ हातेमालो गर्न तयार रहेको बताए ।

तरलता संकटः ब्याजदर दोब्बरले बढ्दा, मोटरसाइकलदेखि सिमेन्टको ब्यापार चौपट Read Previous

तरलता संकटः ब्याजदर दोब्बरले बढ्दा, मोटरसाइकलदेखि सिमेन्टको ब्यापार चौपट

नेपालमा ईभीको २४ वर्ष, सरकारी राजश्वले सधैं किचकिच Read Next

नेपालमा ईभीको २४ वर्ष, सरकारी राजश्वले सधैं किचकिच