काठमाडौं । नेपाली अर्थतन्त्रलाई सधैँ तेस्रो विश्व आर्थिक गतिविधिसँग जोडेर हेर्ने काम भयो । नीति निर्माण अर्थतन्त्रको विषयमा गम्भीर नबन्दा समग्र जनजिविका नै संकटतर्फ धकेलिएको छ । अहिले मोटरसाइकल, कार, सिमेन्ट, रड, छड, सार्वजनिक यातायातका साधनदेखि सबै ब्यापार चौपट भएका छन् ।
सेयर बजार, घरजग्गा, रेमिट्यान्स, खुद्रा ब्यापार, उत्पादनदेखि समग्र अर्थतन्त्रका मुख्य सूचकहरु नकारात्मक बन्दा बजारमा लगानी योग्य रकमको अभाव सृजना भयो । यहाँ संचालनमा रहेका बैंक तथा वित्तिय संस्था केवल विचौलियाको भूमिकामा प्रस्तुत हुँदा कर्जा विस्तार र ब्याजदरले सधैँ रेकर्ड निर्माण गर्यो । बजारमा तरलता अभाव सुरु भएको ५ महिनामा मै ब्याजदर दोब्बरले बढ्यो ।
साधारण बचतकको निक्षेपमा ३ प्रतिशत हाराहारी र कर्जामा ८ प्रतिशत हाराहारी रहेको ब्याजदर छोटो समयमा निक्षेपमा ६ प्रतिशत र कर्जामा १६ प्रतिशत पुग्यो । यस बीचमा मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पुग्दा कर्जा निकै महंगो बन्यो ।
अहिले बजारमा तरलता अभावको असर निर्माण उद्योगदेखि उपभोग्य बस्तुसम्म परेको देखिन्छ । अधिकांश सिमेन्ट र रड उद्योग घाटामा जाने निश्चित प्रायः रहेको व्यवसायीहरु बताउँछन् । यसको हुँदा समग्र आर्थिक विकासको चक्रमा नै नराम्रो धक्का लाग्ने अवस्था सृजना भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका भन्छन्, ‘अहिले उद्योग चलाउँदा पनि घाटा, नचलाए झनै घाटाको अवस्थामा पुगेका छन् । बजारमा लगानी गर्ने रकम अभाव हुँदा उत्पादित सामान खरिद गर्ने खरिदकर्ता नै पाउन कठिन भएको छ ।’
अर्थतन्त्रको अर्को पाटो सरकारी राजश्वमा ठूलो धक्का लागेको छ । चालु आवको पहिलो साउन महिनाको राजस्वले सरकारी चालु खर्च धान्न सक्ने अवस्था छैन । त्यसैले त प्रधानमन्त्री शेरबहादुर देउवाले तलव खुवाउन ऋण लिनु पर्ने अवस्था आउन लागेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकले नै बजारमा तरलता अभाव बनाउने र ब्याजदर बढाउने नीति लिएको कारण मूल्य वृद्धिको चरम अवस्था आएको जानकारहरु बताउँछन् । उनिहरुको अनुसार केन्द्रिय बैंकले वैदेशिक मुद्रा बचत गर्ने चक्करमा तरलता अभाव गराएको र मूल्य वृद्धि बढाएको हो ।
उता अर्थतन्त्रको अर्को पाटो सरकारी राजश्वमा ठूलो धक्का लागेको छ । चालु आवको पहिलो साउन महिनाको राजस्वले सरकारी चालु खर्च धान्न सक्ने अवस्था छैन । त्यसैले त प्रधानमन्त्री शेरबहादुर देउवाले तलव खुवाउन ऋण लिनु पर्ने अवस्था आउन लागेको बताएका छन् ।
सामन्य नागरिकले आवत जावत गर्न किन्ने २ लाख हाराहारीका मोटरसाइकल पनि बजारमा विक्री हुन छाडेका छन् । कुनै कुनै ब्राण्डको विक्री अघिल्लो वर्षको तुलनामा ८० प्रतिशतसम्मले घटेको छ ।
सरकारले त ऋण लिएर तलव खुवाउला निजी क्षेत्रले आफ्नो व्यवसाय कसरी धान्न सक्छ भन्ने चिन्ता सुरु भएको नाडाका अध्यक्ष ध्रुव थापा बताउँछन् । उनि भन्छन्, ‘हाम्रो अटोमोवाइल व्यावसाय संकटमा गएको ८ महिनाभन्दा बढी भयो । सुरुमा कर्जा प्रबाहमा कडाई भयो । त्यसपछि आयात बन्द भयो । अहिले करोडौं लगानी गरेर र हजारौलाई रोजगारी दिएर खुलेका शोरुम बन्द गर्नु पर्ने अवस्था आयो ।’
सरकारले ब्यवसायीको समस्या नदेख्ने र आफ्नो एकोहोरो रटानमा रहँदा अर्थतन्त्रका हरेक सूचकमा नकारात्मक असर परेको अनुमान गर्न यहाँ कठिन छैन । सामन्य नागरिकले आवत जावत गर्न किन्ने २ लाख हाराहारीका मोटरसाइकल पनि बजारमा विक्री हुन छाडेका छन् । कुनै कुनै ब्राण्डको विक्री अघिल्लो वर्षको तुलनामा ८० प्रतिशतसम्मले घटेको छ ।
स्टीलको विक्रीमा पनि त्यस्तै समस्या देखिएको छ । हार्डवयर, मोवाइल, मदिरा, ग्रोसरी, लताकपडा जस्ता नियमित ब्यापार हुने क्षेत्रहरु धारासायी बन्ने बाटोमा लागेका छन् । यी र यस्ता क्षेत्रको उत्थानको लागि राज्यले नीतिगत सुधारबाट मात्रै ठोस कदम चाल्न सक्छ ।