सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरेर दुरुपयोग गरेको भन्दै यस वित्तीय संस्थालाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो ।

२०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरूपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार संस्थाको प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको छ । राष्ट्र बैंकले सो संस्थालाई २०७८ वैशाख २ गते समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको थियो ।

तर, संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएका कारण नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएको जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडाकटान अघि बढेपनि ल्याण्डफिल साइट अझै चुनौती Read Previous

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडाकटान अघि बढेपनि ल्याण्डफिल साइट अझै चुनौती

एशियन लाइफको बीमा समितिबाट लाभांश स्वीकृत Read Next

एशियन लाइफको बीमा समितिबाट लाभांश स्वीकृत