लिम्टस केबल्सको अफर,वायरिङको दमदार, घर शानदार

काठमाडौं । आजदेखि लिटमस केबल्सले चाडपर्वको अवसरमा उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शासानदार” स्किम ल्याएको छ ।

यस योजना अन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटो सहितको बिल पठाउनु पर्नेछ । सो अनुसार कार्तिक २५ गते, दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५’ टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन् ।

यो योजना २ महिनाको लागि लागुहुने कम्पनीले जनाएको छ ।

सर्लाहीको हरिवनमा सेञ्चुरी बैंकको नयाँ शाखा Read Previous

सर्लाहीको हरिवनमा सेञ्चुरी बैंकको नयाँ शाखा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडाकटान अघि बढेपनि ल्याण्डफिल साइट अझै चुनौती Read Next

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडाकटान अघि बढेपनि ल्याण्डफिल साइट अझै चुनौती