सर्लाहीको हरिवनमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको उद्यघाटन गरी सेवा शुभारम्भ गरेका हुन् । उद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुबास शर्मा, शाखा प्रमुख श्री आशुतोष वैध लगायत बैंकका कर्मचारी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

२०७९ असार मसान्तसम्ममा बैंकल १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन र ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १४७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

अब पेट्रोल पनि पाइपलाइनबाटै ल्याइने, अमलेखगञ्जमा दुई भण्डारण गृह बन्दै Read Previous

अब पेट्रोल पनि पाइपलाइनबाटै ल्याइने, अमलेखगञ्जमा दुई भण्डारण गृह बन्दै

लिम्टस केबल्सको अफर,वायरिङको दमदार, घर शानदार Read Next

लिम्टस केबल्सको अफर,वायरिङको दमदार, घर शानदार