काठमाडौं । कुमारी क्यापिटलले सेयर धनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ ।
कम्पनीकाे साेमबार सम्पन्न चौथो बार्षिक साधारणसभाले लाभांश पारित गरेकाे हाे । कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव सभाले पारित गरेको जनाएको छ ।
यसैगरी कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायत सम्बन्धित अनुसुचिहरु पारित गरेको थियाे ।