एनआईसी एशिया र नेपाल पेबीच समझदारी

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउसबीच डिजिटल कारोबारका लागि समझदारी भएको छ । बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

योसँगै एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नेपाल पेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ ।नेपाल पेसँगको सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यस एपबाट ग्राहकहरूले कयूआर भुक्तानीका अलावा नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन, नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, आईपीओ आवेदन र लकर सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

मर्जरमा जान थालेपछि सहकारी संस्थालाई विभागको यस्तो निर्देशन Read Previous

मर्जरमा जान थालेपछि सहकारी संस्थालाई विभागको यस्तो निर्देशन

यती एयरलाइन्सद्वारा नयाँ विमान थप Read Next

यती एयरलाइन्सद्वारा नयाँ विमान थप