काठमाडौं । मर्जरमा जान थालेपछि नियामक निकाय सहकारी विभागले संस्थाहरुलाई एकिकृत निर्देशिका जारी गरेको छ ।
जथाभावि कर्जा लगानी गरेर डुब्ने र रकम लिएर संञ्चालकहरु फरार हुनेक्रम बढेपछि बचतकर्ताहरुले निक्षेप फिर्ता लिन थालेका छन् । जसको कारण वित्तीय जोखीममा रहेका संस्थाहरु मर्जरमा गइरहेका छन् ।
स्वनियमन तथा स्वअनुशासनभन्दा बाहिर गएर कर्जा लगानीगर्दा दर्जनौं सहकारी संस्थाहरु संकटमा छन् भने बचतकर्ताको अर्बौं रकम अन्योलमा छ । विभागले सोमबार संस्थाहरुलाई निर्देशिका जारी गदै सहकारी संस्था एकिकरण गर्दा सहकारी ऐन, कानुन र नियमावलीको प्रक्रिया ध्यानदिन भनेको हो ।
विभागले मर्जरका लागि एकै प्रकृति वा मुल एकै विषयमा प्रतिस्प्रर्धा हुनुपर्ने ,कार्य क्षेत्र जोडिएको,संस्थाको समस्या पहिचान भएर सदस्यबाट एकिकरण माग तथा संयुक्त बैठकबाट सो निर्णय भएको हुनुपर्ने लगायत विषयहरु तोकेर एकिकरणको लागि आवश्यक योग्यता तोकेको छ ।