काठमाडौं। २०७७र७८ को लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर जारी गरेको छ। जसमा बीमितले प्रतिहजार न्युनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँ बोनस पाउने भएका छन् ।
आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन कम्पनीको बीमा समितिले साउन १५ गते स्वीकृत गरेको हो । त्यस पछि कम्पनीले मुनाफामा सारिक हुने बोनस आर्जन गर्ने गरी नयाँ बोनस दर सार्वजनिक गरेको जनाएको छ।
कम्पनीका अनुसार आगामी बीमांकीय मूल्यांकन नभएसम्म अन्तरिम बोनस दर हाल तोकिएको नै कायम हुनेछ।
