काठमाडौं । सिद्धार्थ बैंकले पनि सीआस्बा सेवा निशुल्क गरेको छ । धितोपत्रका लागि ग्रहाकले आवेद दिदा तिर्नुपर्ने सीआस्बा शुल्क बैंकले नलिने भएको हो ।
लगानीकर्ताले यस बैंकको आस्बा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नु नपर्ने बैंकले जनाएको छ ।
यस अघि बैंकले आस्बा वापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो । यो सहित सीआस्बा सेवा शुल्क नलिने बैंकको संख्या सात पुगेको छ। राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकहरूले यो शुल्क नलिने घोषणा गरिसकेका छन्।
हाल नेपाल धितोपत्र बोर्डले सीआस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।