खप्तड लघुवित्तको आइपीओ बाँडफाँड

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड गरेको छ । लघुवित्तले नियुक्त गरेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले सोमबार बाँडफाँड गरेको हो ।

आईपीओमा मागभन्दा १५७ गुणा बढी आवेदन परेको थियो । भाग्मानी १२ हजार ३४० जनाले १०।१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । लगानीकर्ताले मेरो सेयर, सिडिएस्सी र प्रभु क्यापिटल मार्फत आइपीओको नतिजा हेर्न सक्नेछन् ।

खप्तड लघुवित्तले भदौ ८ देखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।

कुल सेयरमध्ये २ हजार कित्ता कर्मचारीहरुका लागि, ६ हजार ६०० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो । १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङस नेपालले ‘केयरएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल २ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ विक्रीपछि चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डाँडा कटान कात्तिकदेखि सुरू हुने, ठेक्का आह्वान Read Previous

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डाँडा कटान कात्तिकदेखि सुरू हुने, ठेक्का आह्वान

प्रभु र सेञ्चुरी बैंकलाई एक्विजीसनका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति Read Next

प्रभु र सेञ्चुरी बैंकलाई एक्विजीसनका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति