श्रृजनशील लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले भदौ १५ देखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ भर्ने भर्ने आज अन्तिम दिन हो ।

निष्काशन भएको कुल सेयरमध्ये ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन्।

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओपछि १० करोड ९२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

नारायणगढ-बुटवल सडकमा काम नगर्ने ठेकेदारलाई 'उपहार', १ वर्ष म्याद थप Read Previous

नारायणगढ-बुटवल सडकमा काम नगर्ने ठेकेदारलाई 'उपहार', १ वर्ष म्याद थप

नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ? Read Next

नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?