नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीले २०७७/७८ को नाफाबाट वितरण गर्ने ५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसारसमायोजनपछि कम्पनीको सेयरमूल्य ६६१.९० रुपैयाँ कायम भएको छ ।

यही समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ। नेप्सेले शुक्रबार कारोबार भएको अन्तिम मूल्यका आधारमा सेयरमूल्य समायोजन गरेको हो।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले भदौ ३० गते, कार्की ब्याङ्केट, बबरमहलमा साधारण सभा बोलाएको छ।

हाल ११ अर्ब ६५ करोड रुपैयाँ रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरणपछि १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुग्नेछ।

श्रृजनशील लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

श्रृजनशील लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

मध्यपहाडी राजमार्गको रेखाङ्कन टुंगियो : पोखरामा बजार क्षेत्र छाडेर गाउँ उक्लियो, यस्तो छ रुट Read Next

मध्यपहाडी राजमार्गको रेखाङ्कन टुंगियो : पोखरामा बजार क्षेत्र छाडेर गाउँ उक्लियो, यस्तो छ रुट