काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम स्मार्ट बचत खाता संचालनमा ल्याएको छ ।
उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर बैंकको मोबाइल बैंकिङबाट माछापुच्छ्रे बैंकमा खाता खोल्न सक्ने छन् ।
विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।
बैंकले ग्राहकले मोबाइल बैंकिङ एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा ‘लोन एगेन्स्ट एफडी’ सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्ने गरि आफ्ना सेवा सुविधाहरुलाई डिजिटल माध्यममा रुपान्तरण गरिसकेको छ ।
साथै बैंकको मोबाइल बैंकिङ एप ‘एमबीएल एम स्मार्ट एप’मा आफैंले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिष्ट्रेशन गर्न सकिने, मोबाइल फोनबाटै खाता खोल्न सकिने, मोबाइलबाटै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने लगायतका सुविधाहरु रहेको छन् ।