लेदोसहितको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन ।

पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उनले बताए । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो

मन्दाकिनी हाइड्रोपावरको खुद नाफा झन्डै दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ? Read Previous

मन्दाकिनी हाइड्रोपावरको खुद नाफा झन्डै दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

टेलिकमको सेयरमा किन झुम्मिँदै छन् लगानीकर्ता ? Read Next

टेलिकमको सेयरमा किन झुम्मिँदै छन् लगानीकर्ता ?