काठमाडौं । प्रभु बैंक लिमिटेड र त्रिपुरेश्वर स्थित नवरतन आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रालि बीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट हात्तिगौंडा शाखा कार्यालय प्रमुख श्रीकृष्ण दवाडी र नवरतनका हेल्थ केयरका तर्फबाट अध्यक्ष डा. राज किशोर साहले हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले नवरतन आयुर हेल्थ केयरद्धारा सञ्चालित सेवाहरूमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट पाउने छन् ।
उक्त सम्झौता अन्तर्गत नवरतन आयुर हेल्थ केयरमा सुविधा लिन चाहने बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा छुट पाउने व्यवस्था मिलाइएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकले लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।