एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ १० देशमा चल्ने

काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका ग्राहकले अब विभिन्न १० देशमा भ्रमणमा रहँदा सुलभ दरमा डेटा रोमिङ चलाउन पाउने भएका छन्।

 

भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकले अनलिमिटेड रोमिङ डेटा प्याक चलाउन पाउने कम्पनीले जनाएको छ। कम्पनीका प्रिपेड तथा पोस्पेड ग्राहकले ती देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र १०० रुपैयाँमा अनलिमिटेड रोमिङ डेटा चलाउन पाउने छन्।

 

यो सेवा लिन यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि निर्देशन अनुसार यो रोमिङ सेवा सुचारु गर्न सक्नेछन्। रोमिङ सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्ने कम्पनीले जनाएको छ।

 

कम्पनीका अनुसार एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतःनविकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ। ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन। यो डेटा प्याक लिन ग्राहकले रोमिङ सेवा नेपालमा नै सुचारु गर्नुपर्छ।

सिटिजन्स बैंकका काठमाडौंमा दुई नयाँ शाखा सञ्चालनमा Read Previous

सिटिजन्स बैंकका काठमाडौंमा दुई नयाँ शाखा सञ्चालनमा

बिदाको दिनमा पनि बजार अनुगमन हुने, ठगिएमा प्रहरीलाई खबर गर्न आग्रह Read Next

बिदाको दिनमा पनि बजार अनुगमन हुने, ठगिएमा प्रहरीलाई खबर गर्न आग्रह