सिटिजन्स बैंकका काठमाडौंमा दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंकले काठमाडौँमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ८३ औं शाखा काठमाडौँको लामबगर र ८४ औं शाखा काठमाडौँको सिनामंगलमा थपेको हो।

 

यी शाखाहरूमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ।

 

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले गरेको छ।

 

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

‘स्मार्ट’ बन्दै काभ्रेपलाञ्चोक मालपोत, देशभर १३१ मालपोतमा अनलाइन प्रणाली जडान गरिने Read Previous

‘स्मार्ट’ बन्दै काभ्रेपलाञ्चोक मालपोत, देशभर १३१ मालपोतमा अनलाइन प्रणाली जडान गरिने

एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ १० देशमा चल्ने Read Next

एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ १० देशमा चल्ने