सेयर कारोबार १ अर्बम खुम्चियो, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । बजार खुल्ने बित्तिकै २० अंकले बढेको नेप्से अन्त्यमा २ अंकले बढेर बन्द भएको हो ।

सूचकमा सुधार आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २५ करोडले घटेर १ अर्बमा सीमित भएको छ ।

मंगलबार नेप्से २.३३ अंकले बढेर १९९५.२१ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार २२६ कम्पनीको १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँ बराबरको २९ लाख १४ हजार ५०५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ७ समूहको परिसूचक हरियो भएको छ भने ६ समूहको घटेको छ । अन्य समूह सबैभन्दा धेरै २.२९ प्रतिशतले बढेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन ६ करोड र नबिल बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले बढेको बजारमा आज अपर हेवाखोला हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ८.४५ प्रतिशत कमाएका छन् ।

त्यसैगरी, नबिल ब्यालेन्स फण्ड–३ को ५.३२ प्रतिशत, ग्लोबल आइएमई सम्मुनत स्कीम–१, इमर्जिङ नेपाल, लक्ष्मी इक्वीटी फण्ड, नेपाल टेलिकम र ओरेन्टल होटलको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

राप्ती हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ? Read Previous

राप्ती हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

८ हाइड्रोपावरकाे निर्माण अघि बढ्दै, कुन कम्पनीले कहाँ बनाउँदै छन् ? Read Next

८ हाइड्रोपावरकाे निर्माण अघि बढ्दै, कुन कम्पनीले कहाँ बनाउँदै छन् ?