काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
मंगलबार कम्पनीले स्थानीय, सर्वसाधरण र संस्थापकको गरी कुल ६१ लाख २७ हजार ९३८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ६ लाख १२ हजार ७९३ कित्ता, सर्वसाधारणतर्फको २३ लाख २८ हजार ६१७ कित्ता र संस्थापकतर्फको ३१ लाख ८६ हजा। ५२८ कित्ता सेयर सूचीकृत गरेको हो ।
नेप्सेमा सूचीकृत भएसँगै बुधबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।
कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम १०६.३५ रुपैयाँदेखि ३१९.०५ रुपैयाँँ ओपनिङ्ग रेन्ज दिएको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।
कम्पनीको सेयर कारोबारका लागि नेप्सेले ज्ज्ी संकेत चिह्न प्रदान गरेको छ ।