८ हाइड्रोपावरकाे निर्माण अघि बढ्दै, कुन कम्पनीले कहाँ बनाउँदै छन् ?

"३ अयोजनाले पाए सर्वेक्षण अनुमति "

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा ८ वटा हाइड्रोपावर कम्पनीले आयोजना निमार्णका लागि अनुमति मागेका छन् ।

२५०.३७४ मेगावाट विद्युत उत्पादन क्षमता भएका सात आयोजनाले विद्युत विकास विभागमा निमार्ण अनुमतिका लागि आवेदन दिएका छन् भने एक हाइड्रोपावर कम्पनीले निमार्णको अनुमति पाएको हो ।

विभागका अनुसार घुन्सा खोला जलविद्युत आयोजनाले साउन ८ मा निमार्णको अनुमति पाएको छ । रेमिट हाइड्रोपावर कम्पनीले सो आयोजना ताप्लेजुङको लेलेपमा निमार्ण गर्ने भएको हो । यस आयोजनाको विद्युत उत्पादन क्षमता ७७.५ मेगावाट रहेको विभागले जनाएको छ ।

यसैगरी,पालुुङ खोलामा हाइड्रोपावरले निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएको छ । २१ मेघावाटको सो आयोजना ताप्लेजुङको पालुुङ खोलामा निर्माण हुन लागेको हो ।

कास्कीको घान्द्रुकमा साढे ४ मेगावाट क्षमताको छोमरोम खोला जलविद्युत आयोजना, ३८.१६ मेगावाटको कालिका कालिगण्डकी जलविद्युत आयोजना, ३१.९२ मेगावाटको अपर मेवाखोला,४.१ मेगावाटको पिखुवा पशुपति,२४.८ मेगावाटको लुज खोला र ४८ मेगावाटको छुजुङ खोला लविद्युत आयोजनाले निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएका छन् ।

पछिल्लो समय साना तथा ठूला जलविद्युत आयोजनाहरु निमार्णको लहर नै चलेको छ । तत्काल प्रतिफल नआएपनि एक पटक निर्माण गरिसकेपछि वर्षैंसम्म प्रतिफल दिइरहने भएकाले जलविद्युत आयोजनामा लगानी आकर्षित बढ्दो छ ।

३ अयोजनाले पाए सर्वेक्षण अनुमति 

जलविद्युत आयोजना सर्वोक्षणका लागि ३ आयोजनाले विद्युत् विकास विभागबाट अनुमति पाएका छन् भने २ आयोजनाले सर्वेक्षणका लागि अनुमति दिएका छन् ।

विद्युत विकास विभागका अनुसार गत साउनमा १२० मेघावाट विद्युत उत्पादन क्षमताका आयोजनाहरुले सर्वेक्षणका लागि अनुमति मागेका हुन् । ३०.२ मेगावाटको लोयर उत्तरगंगा खोला हाइड्र्रोपावर कम्पनी र ९० मेगावाटको मस्याङदी रिभर आयोजनाले सर्वेक्षण अनुमतिका लागि विभागमा आवेदन दिएका छन् ।

यसैगरी, संखुवासभाको माथिल्लो माया खोला जलविद्युत आयोजनाले सर्वेक्षणको अनुमति पाएको छ । यस हाइड्रोपावरको विद्युत उत्पादन क्षमता ५ मेगावाट रहेको छ ।

यस्तै, २२ मेगावाटको लुङग्र्री जलविद्युत आयोजना र २ मेगावाटको चेखोला हाइड्रोपावर कम्पनीलाई सर्वेक्षणको अनुमति दिएको विभागले जनाएको छ ।

सेयर कारोबार १ अर्बम खुम्चियो, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

सेयर कारोबार १ अर्बम खुम्चियो, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

प्राधिकरणले रत्नपार्कमा संचालनमा ल्यायो चार्जिङ स्टेशन, कति लाग्छ शुल्क ? Read Next

प्राधिकरणले रत्नपार्कमा संचालनमा ल्यायो चार्जिङ स्टेशन, कति लाग्छ शुल्क ?