काठमाडौं । सनराइज म्युचुअल फण्डद्धारा संचालित सनराइज फर्स्ट म्युचुअल फण्डले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
क्यापिटल संचालक समितिको भदौ १३ गते बसेको बैठकले गत वर्षको नाफाबाट १२ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो ।
फण्डले इकाईधनीलाई १० करोड ३२ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
फण्डको कोष व्यवस्थापक सनराइज क्यापिटल रहेको छ भने कोष प्रबद्र्धक सनराइज बैंक रहेको छ ।