काठमाडौं । बीमा समितिले तोकेको ५ अर्ब चुक्ता पूँजी पुर्याउन लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले हकप्रद निष्काशन गर्ने भएको छ ।
कम्पनी सञ्चालन समितिको भदौ १३ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ८८.४५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हाल २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ५ अर्ब रुपैयाँ पुग्नेछ ।
अब कम्पनीको हकप्रद प्रस्ताव साधरण सभाले पारित गर्नुपर्नेछ । त्यस्तै, कम्पनीले बीमा समिति र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि हकप्रद सेयर जारी गर्नेछ ।