निक्षेपमा आएन सुधार, एक सातामा २ अर्ब कर्जा विस्तार, सीडी रेसियो कति ?

काठमाडौं । बैंकिङ प्रणालीमा कायम चरम तरलता अभावमा सुधार आउन सकेको छैन । भदौ लागेपछि निक्षेप संकलनमा केही सुधार आउने अपेक्षा गरिए पनि बैंकिङ प्रणालीमा पैसा आउन सकेको छैन ।

नेपाल बैंकर्स संघका अनुसार भदौ दोस्रो साता वाणिज्य बैंकहरुले जम्मा ५१ करोड निक्षेप संकलन गरेका छन् ।

भदौ ३ गतेसम्ममा ४४ खर्ब २५ अर्ब ६५ करोड रुपैयाँ रहेको निक्षेप भदौ १० गतेसम्ममा ४४ खर्ब २६ अर्ब १६ करोड रुपैयाँ पुगेको संघले जनाएको छ ।

निक्षेप संकलन जस्तै कर्जा प्रवाह पनि सुस्त रहेको छ । पछिल्लो एक साताको अवधिमा बैंकहरुले करिब २ अर्ब कर्जा लगानी गरेका छन् ।

भदौ ३ गतेसम्ममा ४१ खर्ब ७८ अर्ब २५ करोड रुपैयाँ रहेको कर्जा लगानी बढेर ४१ खर्ब ७९ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो।

निक्षेप बढ्न नसक्दा बैंकहरुको सीडी रेसियोमा सुधार आउन सकेको छैन् । भदौ १० गतेसम्ममा बैंकहरुको औसत सीडी रेसियो ८८.४२ प्रतिशत छ।

४ हाइड्रोपावरको हकप्रद आउँदै, कुनको कति प्रतिशत ? Read Previous

४ हाइड्रोपावरको हकप्रद आउँदै, कुनको कति प्रतिशत ?

ककपिटभित्रै दुई पाइलटले मुक्का हानाहान गरेपछि... Read Next

ककपिटभित्रै दुई पाइलटले मुक्का हानाहान गरेपछि...