४ हाइड्रोपावरको हकप्रद आउँदै, कुनको कति प्रतिशत ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत ४ वटा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । यी कम्पनीहरुले आफ्ना अन्य आयोजनामा लगानीका पूँजी जुटाउन हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् ।

हालसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी, अरुण कावेली पावर, हिमाल दोलखा हाइड्रोपावर र राधी जलविद्युत् कम्पनीले हकप्रद जारी गर्न लागेका हुन् ।

कुनको कति ?

माथिल्लो तामाकोशीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपात अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । तामाकोशीले हकप्रद प्रस्ताव साधरण सभाबाट पारित गरिसकेको छ भने विद्युत् नियमन आयोर धितोपत्र बोर्डबाट अनुमति पाउन बाँकी छ ।

हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको तामाकोशीको हकप्रद निष्काशनपछि चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ।

त्यसैगरी, अरुण काबेलीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको हो ।

कम्पनीले हकप्रद निष्काशनका लागि विद्युत् नियमन आयोगबाट अनुमति पाइसकेको छ भने बार्डबाट पाउन बाँकी छ । हाल १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको अरुणको हकप्रदपछि ३ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।

त्यसैगरी, हिमाल दोलखाले हाल कायम चुक्ता पूँजी ७५ प्रतिशत अर्थात् १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो ।

यस कम्पनीले पनि आयोगबाट अनुमति पाइसकेको छ भने बार्डबाट अनुमति लिन बाँकी छ । हाल १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

त्यस्तै, राधी जलविद्युत् कम्पनीले हाल कायम चुक्ता पूँजी १४७. प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ हजार कित्ता हकप्रद सेयर विक्री गर्न लागेको हो ।

कम्पनीले हकप्रद निष्काशनका लागि आयोग र बोर्ड दुवैबाट स्कीकृति पाइसकेको छ । कम्पनीले हकप्रद प्रयोजनका लागि भदौ १२ गते बुकक्लोज समेत गरिसकेको छ । हाल ६४ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको राधीको हकप्रदपछि १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

सामसङले नेपाली युवालाई प्राविधिक सीप सिकाउने Read Previous

सामसङले नेपाली युवालाई प्राविधिक सीप सिकाउने

निक्षेपमा आएन सुधार, एक सातामा २ अर्ब कर्जा विस्तार, सीडी रेसियो कति ? Read Next

निक्षेपमा आएन सुधार, एक सातामा २ अर्ब कर्जा विस्तार, सीडी रेसियो कति ?