मर्जर/प्राप्तिमा गएका कम्पनीको लागतको भारित औसत गणना कसरी गर्ने ?

काठमाडौं । मर्जर वा प्राप्तिमा गएका कम्पनीहरुको लागतको भारित औसत गणना सम्बन्धमा लगानीकर्ता अस्पष्ट पछि सीडीएस एन्ड क्लियरिङ लिमिटेड(सीडीएससी)ले थप प्रष्ट पारेको छ ।

अहिले कुनै पनि कम्पनीको गाभ्ने/गाभिने प्रक्रिया अगावै आफ्नो लागतको भारित औसत गणना नगरिएको अवस्थमा गाभिएको कम्पनीको लागत स्वतः १०० रुपैयाँ देखाउने गरेको छ । यसो हुँदा लगानीकर्ताले बढी पूँजीगत लाभकर तिर्नुपरेको भन्दै गुनासो गरेका थिए ।

त्यही लगानीकर्ताको गुनासोलाई मध्येनजर गर्दै सीडीएससीले समाधानको उपायसहित जानकारी गराएको छ ।

मर्जर/पाप्ति अगावै भारित औसत गणना नगरिएको अवस्थामा प्रणालीमा देखाइएको १०० रुपैयाँ ‘पर्चेज प्राइस’ परिमार्जन गरी लगानीकर्ताले आफ्नो वास्तविक लागत राख्नसक्ने सीडीएससीले जनाएको छ ।

यसो गर्न लगानीकर्ताले वास्तविक लागतको प्रमाण सम्बन्धी विवरण ‘रिमार्कस्’ मा राख्नुपर्नेछ । सोही विवरणको आधारमा लगानीकर्ताले तिर्नुपर्ने कर गणना हुने सीडीएसीले जानकारी गराएको छ ।

१०० रुपैयाँमा पनि बिकेन एचआइडीसीएलको सेयर, चौथो पटक लिलामीमा ल्याउँदै Read Previous

१०० रुपैयाँमा पनि बिकेन एचआइडीसीएलको सेयर, चौथो पटक लिलामीमा ल्याउँदै

घरजग्गा कारोबारीको रोजाइ तराई, यी हुन् धेरै किनबेच भएका १० ठाउँ Read Next

घरजग्गा कारोबारीको रोजाइ तराई, यी हुन् धेरै किनबेच भएका १० ठाउँ