१०० रुपैयाँमा पनि बिकेन एचआइडीसीएलको सेयर, चौथो पटक लिलामीमा ल्याउँदै

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)लाई प्रमोटर सेयर बेच्न हम्मेहम्मे परेको छ ।

यसअघि तीनपटक लिलामीमा ल्याउँदा सेयर बिक्न नसकेपछि फेरि चौथो पटक लिलामीमा ल्याउने भएको छ । कम्पनीले भदौ २० गतेबाट पुनः २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको हो ।

कम्पनीले २०७८ भदौ ५ गतेदेखि विक्रीमा ल्याएको १०० प्रतिशत हकप्रद सेयर विक्रीमा ल्याएको थियो । सो बेला विक्री नभएको संस्थापकतर्फको सेयर लिलामीमा ल्याएको हो ।

सो बेला संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर विक्री भएको थिएन । सोमध्ये हालसम्म २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता सेयर अझै विक्री हुन नसकेको हो ।

लिलामीमा आउने उक्त सेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले गोप्य शिलबन्दी मार्फत आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँ नघटाई कम्तीमा १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, ग्लोबलको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी सेयर भर्न सकिने छ ।

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र Read Previous

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र

मर्जर/प्राप्तिमा गएका कम्पनीको लागतको भारित औसत गणना कसरी गर्ने ? Read Next

मर्जर/प्राप्तिमा गएका कम्पनीको लागतको भारित औसत गणना कसरी गर्ने ?