काठमाडौं । सिद्धार्थ बैंकले अठारौं वार्षिक साधरण सभा आगामी कात्तिक ७ गतेलाई बोलाएको छ । बैंकको सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा बैंकले २५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ । सिद्धार्थले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
बैंकले साधरणसभामा अन्य वित्तीय संस्था गाभ्न/गाभिने, आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल गर्ने, आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा लैजाने भएको छ ।
साधारण सभा प्रयोजनका लागि सिद्धार्थले असोज २९ गते बुक क्लोज गर्नेछ । असोज २८ गतेसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् ।
हाल सिद्धार्थको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँ छ । प्रस्तावित बोनसपछि पूँजी ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपैयाँ पुग्नेछ ।