थामिएन नेप्सेको पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम जारी छ । बिहीबारदेखि लगातार दोहोरो अंकले घटेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ३ कारोबार दिनमै नेप्से ७० अंकले घटेको छ ।

आइतबार नेप्से ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा आइपुगेको छ । नेप्सेका अनुसार २२४ कम्पनीको २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटf उपसमूह मध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.७८ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूह पनि ३.४२ प्रतिशतले घटेको छ ।

आज अरुण काबेलीको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम सिमेन्ट ७ करोड र अपी पावर ६ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज रुरु जलविद्युत्को सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, अपर हेवाखोला ७.०३, मन्दकिनी हाइड्रोपावर ६.७७, नारायणी विकास बैंक ६.७१, बलेफी हाइड्रो ६.२९, अपर सोलु हाइड्रो, हिमालयन हाइड्रो, श्वेतगंगा, छ्याङ्दी हाइड्रोपार र गणपति लघुवित्तको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ ।

अरुण काबेलीले पायो १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति Read Previous

अरुण काबेलीले पायो १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति

पिपुल्स पावरको आइपीओ बाँडफाँट, यी ३ ठाउँबाट हेर्नुहोस् नतिजा Read Next

पिपुल्स पावरको आइपीओ बाँडफाँट, यी ३ ठाउँबाट हेर्नुहोस् नतिजा