काठमाडौं । अरुण काबेली पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको छ । विद्युत् नियमन आयोगले कम्पनीलाई १ः१ अनुपातमा हकप्रद सेयर विक्री गर्न अनुमति दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर विक्री गर्न स्वीकृति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको हो ।
आयोगबाट स्वीकृति पाएसँगै अब कम्पनीले हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ । बोर्डबाट अनुमति पाएपछि मात्र हकप्रद सेयर निष्काशन गर्न पाउने छ ।
हाल १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ३ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।
