काठमाडौं । पिपुल्स पावरको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटले आज दिउँसो साढे २ बजे आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख २९ हजार ४६८ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये भाग्यमानी दुई जनाले थप १/१ कित्ता सेयर हात पारेका छन् भने १३ लाख २१ हजार ९४५ जनाको हात रित्तो भएको छ ।
कम्पनीले साउन ३१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र पिपुल्स पावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।