अमेरिका र चीनले फेरि लगाउन थाले एक-अर्काको हवाई उडानमा प्रतिबन्ध

एजेन्सी । पछिल्लो समय तिक्तता बढ्दै गएपछि अमेरिका र चीनले एक–अर्काका एयरलाइन्स कम्पनीहरुलाई उडान प्रतिबन्ध लगाउन थालेका छन् ।

कोरोनाका कारण भन्दै उडानमा प्रतिबन्ध लगाए पनि पछिल्लो समय तिब्बत मामलालाई लिएर दुई देश बीच बढ्दै गएको दूरीका कारण एक देशले अर्को देशको हवाई उडानमा प्रतिबन्ध लगाउन थालेको हुन सक्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाको पारवहन मन्त्रालयले एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्सले न्युयोर्क र लसएन्जलसबाट गर्ने उडानलाई प्रतिबन्ध लगाएको छ।

यो प्रतिबन्ध सेप्टेम्बर ५ देखि २८ सम्म लागू हुने जनाइएको छ। कोरोनाको कारण देखाउँदै यसअघि चीनले अमेरिकाका डेल्टा र युनाइटेड एयरलाइन्सलगायतले चीनमा गर्ने केही उडान रद्द गरिदिएको थियो।

कोरोना महामारी सुरू भएसँगै चीन र अमेरिकाले एक-अर्काका उडानलाई प्रतिबन्ध लगाउँदै आएका छन्।

कृषि सामग्री कम्पनी जनकपुरले बेच्यो १९ करोडको रासायनिक मल Read Previous

कृषि सामग्री कम्पनी जनकपुरले बेच्यो १९ करोडको रासायनिक मल

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी