सहकारीहरूलाई विभागले दियो १२ बुँदे निर्देशन (पूर्णपाठ सहित)

काठमाडौं । सहकारी क्षेत्रको नियामक निकाय सहकारी विभागले सहकारी संस्थाहरुलाई १२ बुँदे निर्देशन दिएको छ । विभागले बिहीबार जारी गरेको साधारणसभा सम्बन्धी मार्गदर्शन जारी गर्दै १२ बुँदे निर्देशन दिएको हो ।

विभागले देशभरका सबै सहकारीहरुलाई आगामी पुस मसान्तभित्रै वार्षिक साधरण सभा सम्पन्न गर्न निर्देशन दिएको छ ।

‘साधारणसभा गर्दा भड्किलो र खर्चिलो नहुने गरी मितव्ययी ढंगबाट सञ्चालन गर्ने,’ विभागद्धारा जारी मार्गदर्शनमा भनिएको छ, ‘सबै संघसंस्थाले २०७९ पुसभित्र साधारणसभा अनिवार्य रुपमा सञ्चालन गनुपर्ने छ ।’

साभारणसभा सम्पन्न भएको १५ दिनभित्र साधारणसभाको निर्णको प्रतिलिपी, उपस्थितिको प्रमाणित प्रतिलिपी, लेखापरीक्षण प्रतिवेदन तथा फाराम प्रतिवेदन नियामक निकायमा अनिवार्य रुपमा पेश गर्न पनि विभागले निर्देशन दिएको छ ।

यस्तै, विभागले आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र लेखा परीक्षण सम्पन्न गर्न भनेको छ ।

 

नक्सा देखाएर डोजर चलाएँ, मैले के बिराएँ, अब उपरान्त यस्तो गर्न नपरोस् : बालेन Read Previous

नक्सा देखाएर डोजर चलाएँ, मैले के बिराएँ, अब उपरान्त यस्तो गर्न नपरोस् : बालेन

ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाइ जलविद्युतकाे विकास गर्नुपर्छ : ढकाल Read Next

ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाइ जलविद्युतकाे विकास गर्नुपर्छ : ढकाल