काठमाडौं । बानेश्वस्थित अल्फाबिटा कम्लेक्समा नक्सा विपरीत बनाएका संरचना भत्काएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफूले केही नबिराएको बताएका छन् ।
सामाजिक संजाल फेसबुक मार्फत् उनले केही अल्फाबिटामा डोजर चलाएर आफूले केही नबिराएको बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’
बालेनले अन्य ठाउँमा पनि अनधिकृत रुपमा बनेका संरचना हटाउन सबैलाई अनुरोध गरेका छन् । ‘अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अबैधानिकरुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीं अनुसार बनाइ दिनु होला ,’ उनले भनेका छन् ।