बंगलादेशले नेपालबाट ५० मेगावाट बिजुली लैजाने

काठमाडौं । बंगलादेशले नेपालबाट ४० देखि ५० मेगावाट बिजुली लैजाने भएको छ ।

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकमा बंगलादेशले ३ महिनाभित्र ५० मेगावाटसम्म बिजुली लैजाने सहमति भएको हो ।

बंगलादेशसम्म नेपालको बिजुली लैजान भारतीय भूमिको प्रयोग गर्नुपर्ने भएकाले यसका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय बैठक बसी टुंग्याउने निर्णय भएको छ ।

सचिवस्तरीय बैठकले बंगलादेशको भेडमारा–एचपीडीसीको संरचनामा नेपालबाट ४० देखि ५० मेगावाट हाई भोल्टेज डारेक्ट करेण्ट लान सक्ने अवस्था देखिएकोले यसका लागि तीन महिनाभित्र त्रिपक्षीय बैठक बसेर टुंगो लगाउने निर्णय गरेको बताइएको छ ।

बंगलादेशमा बिजुली पठाउन नेपाल विद्युत प्राधिकरण, भारतीय विद्युत व्यापार कम्पनी र बंगलादेश पावर डेलभपेन्ट बोर्डबीच बैठक बस्नेछ ।

यो सहमती कार्यान्वयनमा आएमा बंगलादेशसँग बिजुली निर्यातका लागि कोशेढुंगा सावित हुनेछ । अहिले नेपालले भारसँग बिजुली व्यापार गरिरहेको छ ।

'हरित ऊर्जा'का लागि लगानी जुटाउन सामूहिक प्रयास गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल Read Previous

'हरित ऊर्जा'का लागि लगानी जुटाउन सामूहिक प्रयास गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

नक्सा देखाएर डोजर चलाएँ, मैले के बिराएँ, अब उपरान्त यस्तो गर्न नपरोस् : बालेन Read Next

नक्सा देखाएर डोजर चलाएँ, मैले के बिराएँ, अब उपरान्त यस्तो गर्न नपरोस् : बालेन